२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद फिचर

नाडाललाई हराउँदै फेडेरर फाइनलमा

banner

एजेन्सी, विश्वको सबैभन्दा ठूलो टेनिस प्रतियोगिता विम्बल्डनको उपाधिका लागि नोभाक जोकोभिच र रोजर फेडेरर भिड्ने भएका छन् । फाइनल आइतबार हुँदैछ ।
सेमिफाइनलमा शीर्ष वरियता प्राप्त सर्भियाका जोकोभिचले स्पेनका रोबर्टो बाटिस्टालाई र दोस्रो वरियताका स्वीटजरल्याण्डका फेडेररले स्पेनका रफायल नाडाललाई हराएका थिए ।
फेडररले पहिलो सेट ट्राइबेकरमा ७–६ ले जिते । दोस्रो सेटमा नाडालले पुनरागमन गर्दै फेडररलाई ६–१ ले हराए । फेडेररले आफ्नो सर्भिस र रिटर्नमा गजबको नियन्त्रण देखाउँदै तेस्रो सेट ६–३ ले र चौथो सेट ६–४ को सेटले जिते । उनले यो म्याच ७–६, १–६, ६–३ र ६–४ को सेटले जिते ।
यसअघि सन् २०१७ मा फेडेररले विम्बल्डनको उपाधि जितेका थिए । फेडरर गत वर्ष विम्बल्डनको क्वार्टर फाइनलमा दक्षिण अफ्रिकाका केविन एन्डरसनसँग हारेका थिए ।

ad

यो पनि पढौँ

२३ वर्ष क्रिकेट खेलेपछि भारतकी कप्तान मिताली राजले गरिन् संन्यासको घोषणा

कोर्पोरट आवाज डट कम

डेनमार्कको धमाकेदार सुरुवात

कोर्पोरट आवाज डट कम

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

Leave a Comment