४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

२३ वर्ष क्रिकेट खेलेपछि भारतकी कप्तान मिताली राजले गरिन् संन्यासको घोषणा

banner

भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राजले करिब २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरपछि सबै खाले क्रिकेटबाट संन्यासको घोषणा गरेकी छन्।

३९ वर्षीया राजले बुधबार सामाजिक सञ्जालमा भनेकी छिन्, ‘सबै यात्राहरू जस्तै यो यात्राको अन्त्य हुने दिन आएको छ। आज मैले अन्तर्राष्ट्रिय क्रिकेटका सबै प्रकार खेलबाट संन्यास लिने दिन हो।’

‘मलाई लाग्छ मेरो खेल करियरमा संन्यासका लागि उपयुक्त यो समय हो। किनकि टोली प्रतिभाशाली युवा खेलाडीहरूको हातमा छ र भारतीय क्रिकेटको भविष्य उज्ज्वल छ।’

राजले आफ्नो २३ वर्षको अन्तर्राष्ट्रिय करियरमा २३२ खेलमा ७८०५ ओडीआई रन जोडिन्। उनले औसत ५० भन्दा माथि बनाएकी छिन्। 

उनले ८९ टी-२० मा २३६४ रन, साथै १२ टेस्टमा ६९९ रन बनाइन्, जसमा एक शतक र चार अर्धशतक समावेश छ।

उनले एकदिवसीय क्रिकेटमा शीर्ष रन स्कोररको रूपमा आफ्नो करियर समाप्त गरिन्। 

उनले आईसीसी महिला एकदिवसीय खेलाडीको वरीयतामा ७ नम्बरको ब्याट्सम्यानको रहदा सन्यासको घोषणा गरिन्।

ad

यो पनि पढौँ

नागढुंगामा कारबाट करिब ४ करोड बरामद, चार चिनियाँसहित पाँचजना पक्राउ

कोर्पोरट आवाज डट कम

निषेधाज्ञामा पुनः कडाई, साँझ ८ बजेपछि गाडी चलाउन नपाइने

कोर्पोरट आवाज डट कम

अन्य कम्पनीको तुलनामा नेपाल लाइफको बिजनेस दोब्बर, सक्रिय बीमालेखमा रिलायबलले टप्यो

कोर्पोरट आवाज डट कम