४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
खेलकुद समाचार

डेनमार्कको धमाकेदार सुरुवात

banner

 युईएफए युरोकप फुटबल २०२० मा डेनमार्कले धमाकेदार सुरुवात गरेको छ। खेलको दोस्रो मिनेटमै गोल गर्दै डेनमार्कले बेल्जियमविरुद्धको खेलमा धमाकेदार सुरुवात गरेको हो।

खेलको दोस्रो मिनेटमा गोल गर्दै डेनमार्कका युसुफ पोल्सेनले डेनमार्कलाई अग्रता दिलाएका हुन।

Image

फिफा बरियतामा एक नम्बरमा रहेको बेल्जियमलाई डेनमार्कले सुरुवाती मिनेटदेखि नै दबाब दिइरहेको छ।

यो युरोपियन फुटबल इतिहासमा दोस्रो छोटो समयमा गरिएको गोल हो।

Image

समूह ’बी’ मा रहेको बलियो टिम बेल्जियम आज जित निकाल्दै आगामी यात्रा सहज बनाउन चाहान्छ। पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो। ३ अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ।

डेनमार्क भने पहिलो जित निकाल्न चाहन्छ। पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १–० ले पराजित भएको थियो। पुछारमा रहेको डेनमार्क आज जित निकाल्दै नकआउटको सम्भावना जिवित नै राख्न चाहान्छ।

ad

यो पनि पढौँ

मेस्सी थप पाँच वर्ष बार्सिलोनामै रहने!

कोर्पोरट आवाज डट कम

डिजिटल बैंकिङको जोखिमबारे भएन वित्तीय साक्षरता

कोर्पोरट आवाज डट कम

दरवार हत्याकाण्डकाे २० वर्ष पूरा, सम्झनामा राजा वीरेन्द्र

कोर्पोरट आवाज डट कम