२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका टेलिकमका ग्राहकलाई आजबाट निशुल्क सेवा

banner

नेपाल टेलिकमका ग्राहकले विशेष सुविधा पाउने भएका छन् । ब्यालेन्स न्यून भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढि सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन पाउने भएका हुन् ।आज राती १२ बजेबाट लागु हुने जनाईएको छ ।अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाको पहलमा टेलिकमले यस्तो सेवा दिन लागेको मन्त्रीका प्रेस संयोजक यमन पौडेलले जानकारी दिएका हुन् ।टेलिकमले ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि निम्न अनुसार प्याकेज प्रदान गर्ने भएको छ ।

१ निम्न अनुसारको जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराउने:२५ वटा अन-नेट एसएमएस, ५० मिनेट अन-नेट भ्वाइस, १०० एमबी डाटा ,प्याकेजको अवधि ७ दिनको हुने । २.सो प्याकेज आगामी २ दिन सम्म उपलब्ध गराइनेछ ।३.सो प्याकेजको प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने ४.सो एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिने ५.सो प्याकेज लिन अयोग्य नम्बरमा पनि प्याकेज प्रदान गर्न नसकिएको सन्देश पठाई जानकारी गराइने ६.सो प्याकेज कम्पनीका जिएसएम तथा सिडिएमए प्रिपेड ग्राहकलाई माथिको नियम अनुसार उपलब्ध गराइने

ad

यो पनि पढौँ

एकैदिन ९७ अंकले बढ्यो नेप्से, ५ कम्पनीको सेयर मूल्यमा सर्किट, मञ्जुश्रीको उच्च कारोबार

कोर्पोरट आवाज डट कम

काठमाडौं महानगरले दियो इलेक्ट्रीक कार किन्नेदेखि बेच्नेसम्मलाई फाइदा

कोर्पोरट आवाज डट कम

भक्तपुर कमलविनायकमा नक्कली स्यानिटाइजर बिक्री गर्ने रीना पक्राउ

कोर्पोरट आवाज डट कम

Leave a Comment