२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग मनोरन्जन विदेश

स्टे होमको अवस्थामै सरिश्माको नयाँ म्यूजिक भिडियो सार्वजनिक

banner

घरमै बस्दै गरेको समयको सदुपयोग गर्दै चर्चित गायिका सरिश्मा अमात्यले नयाँ म्यूजिक भिडियो ‘ढुकढुक गर्ने दिलैमा’ सार्वजनिक गरेकि छिन् । 

हाल अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बस्दै आएकि गायिका अमात्यले आफ्नो घरभित्रैबाट भिडियो बनाइ सार्वजनिक गरेकि हुन् ।

विश्वभरि कोभिड १९ को संक्रमण फैलिरहेको अवस्थामा अमेरिकामा पनि स्टे होम आदेश जारी गरिएको छ । अमेरिकामा लकडाउन नभनी स्टे होम भनिएपनि यो लकडाउन जस्तैको अवस्था हो ।

संक्रमण फैलिन नदिन सबैजना घरमै बसेर भौतिक दुरी कायम राखौं भन्ने सन्देश दिन यो म्यूजिक भिडियो बनाएको अमात्यले भनिन् ।

‘अहिलेको अवस्थामा समाजलाई सुरक्षित र संक्रमणमुक्त बनाउन घरमै बसौं । र घरमा बसेर पनि केही न केही श्रृजनात्मक काम गर्न सकिन्छ भन्ने सन्देश दिन नै यो म्यूजिक भिडियो बनाएकि हुँ’ अमात्यले भनिन् ।

घरभित्र बसेर आफुले जानेका श्रृजनात्मक कामहरु गर्दै समाजलाई पनि मनोरन्जन दिन अमात्यले सबैलाई आग्रह पनि गरिन् ।

गीतको छायाङ्कन गायिका अमात्यकै घरभित्र गरिएको छ । गीतको छायाङ्कनको साथै पोस्ट प्रोडक्सनको सम्पूर्ण काम उनकै घरभित्रबाटै भएको छ ।

छायाङ्कनको लागि श्रृङ्गार त अमात्य आफैले गरिन् । गीतको निर्देशनको साथै क्यामेरा र भिडियो एडिटिङको काम गायक संजीप प्रधानले गरेका छन् । गायक प्रधान सरिश्माका पति हुन् ।

म्यूजिक भिडियोको निर्देशन, क्यामेरा, एडिटिङको अनुभव सोध्दा गायक प्रधानले भने, ‘गाउन नै सजिलो रहेछ, आफुले गर्दै आएको भन्दा फरक क्षेत्रको काम गर्दा अलि गार्हो त भएकै हो तर रमाइलो नि लाग्यो ।’

करीब १५ वर्ष अघि नै रिलिज भएको सरिश्माको एल्बम मधुरीमा २ को यो गीतमा संगीत चर्चित संगीकार अनिल शाहीको रहेको छ भने रचना जनक दिप पराजुलीको रहेको छ ।

ad

यो पनि पढौँ

बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

कोर्पोरट आवाज डट कम

फिलिपिन्सका राष्ट्रपतिले दिए गोली हान्ने आदेश

कोर्पोरट आवाज डट कम

विपुल क्षेत्रीले पाए ग्रामी अवार्डमा मतदान गर्ने अधिकार

Corporate Aawaj

Leave a Comment