४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
फिचर शिक्षा

आगामी जेठ १५ देखि शैक्षिक संस्था खुल्ने, एसईई परीक्षाको यस्ताे छ तयारी…

banner

लकडाउनका कारण बन्द रहेका शैक्षिक संस्थाहरु आगामी जेठ १५ देखि खुल्ने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एक सञ्चारमाध्यमकाे कुराकानीमा जेठ १५ देखि शैक्षिक संस्था खाेनल्ने तयारी भइरहेकाे बताएका हुन् । उनले काेराेना महामारीकाे संक्रमण कम हुने बित्तिकै र लकडाउन खुल्ने बित्तिकै सबै शैक्षिक संस्था खाेलिने स्पष्ट पारेका हुन् ।

अहिले महामारीका कारण विश्व विद्यालय तथा सिटिइभिटी अन्तर्गत परिक्षाहरु समेत रोकिएकाले लकडाउन खुलेको तेस्रो हप्तादेखि उक्त परिक्षाहरु समेत सञ्चालन हुने मन्त्री पोखरेले जानकारी गराएका छन् ।  

यस्तै, लकडाउन खुलेकाे तीन हप्तापछि एसईईकाे परीक्षा गर्ने तयारी भइरहेकाे उनले बताए । लकडाउन खुलेको एक हप्ताभित्र कक्षा एक देखि नौ सम्मको नतिजासमेत सार्वजनिक हुने उनले बताए ।

मन्त्री पोखरेलले कक्षा १२को परिक्षा संघले, १० को प्रदेशले र आठ कक्षाको स्थानीय सरकारले गर्ने व्यवस्था रहेकाले तीनै तहका सरकारसंगको समन्वयमा रहेर एकदेखि नौ सम्मको नतिजा समेत लकडाउन खुलेको हप्ता दिन भित्रै सार्जजनिक हुने बताए ।

अहिले देशभरका दुई सय ४३ शैक्षिक संस्थाहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग भइरहेको जनाउदै मन्त्री पोखरेलले यद्यपी संकट कति लामो समयसम्म जान्छ र कस्तो स्वरुप लिन्छ भन्ने कुराले पनि प्रभाव पर्न सक्ने जनाएका छन् ।

ad

यो पनि पढौँ

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

शिक्षा मन्त्रालयको अन्योलले विद्यार्थी मारमा

कोर्पोरट आवाज डट कम

रौतहटका थप दुई जनामा कोरोना संक्रमण एक जना क्वारेन्टाइनबाट घर गइसकेका थिए

कोर्पोरट आवाज डट कम

Leave a Comment