१८ मंसिर २०८०, सोमबार / December 3, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
धर्म–संस्कृति समाचार

बैशाख ११ गते आमाको मुख हेर्ने दिन

banner

प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने भएको छ । यस बर्षको मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन बैशाख ११ गते परेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण मेला स्थगन गरिएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए । मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्वका अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर मनाउँछन् । सम्मान भाव प्रकट गरी मनाउँछन् ।

आमा नहुनेहरु भने राजधानीको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, तर्पण, सिदादान गरी यो पर्व मनाउने प्राचीन परम्परा छ । वैशाख कृष्ण औँसीका दिन यहाँ लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वाससमेत भक्तजनमा छ ।

स्थानीयवासीलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न भनिएको नगर प्रमुख गिरीले बताए । अवज्ञा गरी हिँड्नेलाई स्थलगतरूपमा रु १ सय जरिवाना गरिने नगरपालिकाले जनाएको छ । बन्दाबन्दीमा निस्कनेबाट नगरपालिकाले हालसम्म जरिवानास्वरुप रु ७० हजार सङ्कलन गरिसकेको छ । मातातीर्थ संरक्षण समितिको नेतृत्वमा मन्दिरमा नित्यरूपमा हुने पूजाआजा भने जारी रहने उहाँले बताउनुभयो । यस वर्ष वैशाख ११ गते बिहीबार आमाको मुख हेर्ने औँसी परेको छ ।

ad

यो पनि पढौँ

कोरोनाको राहत लिनेको घर जल्यो, खुल्यो २४ लाख लुकाएको रहस्य

कोर्पोरट आवाज डट कम

मृत्यु संस्कारबाहेकका प्रयोजनका लागि अब सवारी पास नपाइने

कोर्पोरट आवाज डट कम

कौसी खेती गर्ने हो? ललितपुरले दिन्छ बीउ र मल सित्तैमा

कोर्पोरट आवाज डट कम

Leave a Comment