२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश

कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी

banner

कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।

रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

जोन हप्किन्स विश्विद्यालयका अनुसार कतारमा कोरोनाबाट संक्रमितहरुको संख्या ७ हजार ७ सय ६४ पुगेको छ ।

बिहीबार थप ६ सय २३ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि कूल संक्रमितको संख्या ७ हजार ७ सय ६४ पुगेको हो ।

कोरोना संक्रमणका कारण कतारमा १० जनाको मृत्यु भइसकेको छ ।

ad

यो पनि पढौँ

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी

कोर्पोरट आवाज डट कम

१० जीबीपीएस प्रविधिमा नेटवर्क अपग्रेड गर्दै वर्ल्डलिङ्क, अब अपलोड र डाउनलोड स्पिड बराबर

Corporate Aawaj

काठमाडौंका सीडीओकाे आग्रह : दुई दिनमा एक सातालाई पुग्ने खाद्यान्न किनेर राख्नू

कोर्पोरट आवाज डट कम

Leave a Comment