२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

काठमाडौंका सीडीओकाे आग्रह : दुई दिनमा एक सातालाई पुग्ने खाद्यान्न किनेर राख्नू

banner

काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।   

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै  खाद्यान्न र तरकारी पसल पनि एक साता ठप्प गर्ने निर्णय भएको छ ।

‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ,” प्रजिअ पराजुलीले भने ।

दुध, माछा मासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।

प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको बताए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ । 

ad

यो पनि पढौँ

कोटेश्वरमा प्रचण्ड–माधव नेपालबीच भेटवार्ता, के-के भयो कुराकानी ?

कोर्पोरट आवाज डट कम

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता, नेपाललाई १० लाख डोज खोप दिने घोषणा

कोर्पोरट आवाज डट कम

मासिक ३ लाख पेन्सन बाढ्न थाल्यो सामाजिक सुरक्षा कोष, २ महिना योगदान गरेका परिवारले पनि पाउँदै

कोर्पोरट आवाज डट कम