२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग फिचर समाचार स्वास्थ्य

नेपालमा काेरोनाः आज आयो ४२ जनाको रिपोर्ट

banner

कोरोना भाइरसको संक्रमण आशंकामा दैनिक जारी परीक्षणअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार ४२ जनाको नतिजा सार्वजनिक गरेको छ।

तर यसमध्ये कसैमा पनि कोरोना भाइरस नदेखिएको मन्त्रालयले जानकारी दिएको छ।

शनिबार कोरोना संक्रमण आशंकामा नमुना परीक्षण गराउने बिरामीको संख्या ८७५ रहेकामा आइतबार यो संख्या ९१७ पुगेको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको हो।

यसमध्ये अहिलेसम्म ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। तीमध्ये पनि एक जना उहिल्यै स्वस्थ भइसकेका छन् भने बाँकी ४ जनाको विभिन्न अस्पतालका आइसोलेसनमा उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन।

यद्यपि बुटवलमा कोरोना संक्रमण आशंकामा उपचारमा रहेका एक युवकको आइतबार मृत्यु भएको छ। तर उनको नमुना परीक्षणको रिपोर्ट आइनसकेकाले उनको मृत्यु कोरोनाकै कारण भयो वा अन्य कारण भन्ने निश्चित हुन बाँकी छ।

नेपालमा कोरोना भाइरसको परीक्षण अहिलेसम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा मात्र हुन्छ। तसर्थ देशभरिका कोरोना शंका गरिएका बिरामीको स्वास्थ्य परीक्षणका लागि उनीहरूको नमुना (र्याल) परीक्षण गराउन टेकु प्रयोगशालामै पठाइन्छ।

केही दिनयता नेपालमा कोरोना भाइरस लक्षण देखिएका बिरामीको नमुना परीक्षण गर्ने क्रम दिनप्रतिदिन बढिरहेको छ।

ad

यो पनि पढौँ

अष्ट्रेलिया छाेडेर बाख्रा पालन, वार्षिक १२ लाख आम्दानी

कोर्पोरट आवाज डट कम

मेडिसिटी अस्पतालद्वारा यती तथा तारा एयरका पाइलट र क्रुलाई हस्पिटल केयर प्रशिक्षण

कोर्पोरट आवाज डट कम

स्वास्थ्य राज्यमन्त्रीको घोषणाः व्यवसायिक संस्थाबाट बाहिरिने, सरकारी तलब सुविधा नलिने

कोर्पोरट आवाज डट कम

Leave a Comment