२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

वीरगन्जमा थप दुई जनामा कोरोना पुष्टि

banner

वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सेतोपाटीलाई जानकारी दिए।
अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदमा रहेका तीन जना भारतीयमा कोरोना संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका १ सय ८० जनाको पिसिआर परीक्षण गरिएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो।

ती तीनजना कोरोना संक्रमित भारतीय नागरिक भने हिजै निको भएकाले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

आज थपिएका दुबै संक्रमित पुरुष हुन्। एकजना महानगरका सफाई गर्ने नाइके हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। जसमा १६ जना निको भएका छन्।

ad

यो पनि पढौँ

बिस्का जात्रा औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय

कोर्पोरट आवाज डट कम

विभिन्न देशबाट आएकाे ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर नेपाल पुग्याे

कोर्पोरट आवाज डट कम

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

कोर्पोरट आवाज डट कम

Leave a Comment