२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

विभिन्न देशबाट आएकाे ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर नेपाल पुग्याे

banner

गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ।

विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको थियो।

चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको तथा नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो। यसैगरी एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिण्डर खरीदसहित एक हजार १५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको तथा दुर्गम क्षेत्रमा पठाउने अभियान जारी छ।

विश्वभरिबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए।रासस

ad

यो पनि पढौँ

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला जीवित भएपछि

कोर्पोरट आवाज डट कम

थाइल्याण्डका राजा ‘आइसोलेसन’ खोज्दै २० युवतीसहित जर्मनीको भव्य रिसोर्टमा

कोर्पोरट आवाज डट कम

यी हुन् एमालेले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेका ११ सांसद

कोर्पोरट आवाज डट कम