२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

विराटनगर महानगरपालिकाले पठाएका यात्रु काठमाडौं भित्रिए

banner

विराटनगरबाट ७ वटा बसमा आएका केही यात्रुहरू काठमाडौं प्रवेश गरेका छन् । नागढुंगा नाकामा यात्रुहरूको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो ।

मोरङ-काठमाडौं समाजका अध्यक्ष मुरारी कोइरालाले अनलाइनखबरसँग भने, ‘सबैको नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, ज्वरो नापेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी प्रहरीले छाडेको छ ।’

विराटनगर महानगरपालिकाले सात वटा बसमा करिब एक सय ६० जनालाई राखेर काठमाडौं पठाएको थियो । सोमबार बिहानै नागढुंगा नाकामा आइपुगेका उनीहरूलाई प्रहरीले रोकेको थियो ।  प्रहरीले केहीलाई रोक्ने र केहीलाई छाड्ने गरेको छ । प्रहरीले रोकेका यात्रुहरू सडक किनारमा बसिरहेका छन् ।

ना ६ ख ९१४०, ना ७ ख ९५४, ना ७ ख ९५५, ना ८ ख ८००१, ना ८ ख ८००२, ना ५ ख ६८८ र ना ५ ख ८००४ नम्बरका बसहरू विराटनगरबाट यात्रु लिएर काठमाडौं आएका हुन् । ती बसहरूबाट काठमाडौंमा रोकिएका विराटनगरका बासिन्दालाई लैजाने योजना महानगरपालिकाको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई पठाएको बताएका छन् । उनले भने, ‘हामीले समन्वय गरेर, सबैको स्वास्थ्य जाँचेर नै पठाएका हौँ ।’

विराटनगर महानगरपालिकाले सोमबार बिहान पनि चन्द्रनिगाहपुरदेखि इलामसम्मका ३८५ जना यात्रुहरूलाई पठाएको छ ।

अन्य स्थानबाट आएकाहरूलाई विराटनगर प्रवेश गर्नुअघि निबुवा भन्ने स्थानमा रोकेर, उनीहरूको व्यक्तिगत विवरणको रेकर्ड राखेर प्रवेश दिने गरिएको छ ।

ad

यो पनि पढौँ

अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा केपी ओलीले निकास दिनुपर्ने कोटेश्वर बैठकको निष्कर्ष

कोर्पोरट आवाज डट कम

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान

कोर्पोरट आवाज डट कम

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध

कोर्पोरट आवाज डट कम

Leave a Comment