२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

थप तीन जनामा कोरोना संक्रमण पुष्टि

banner

बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

आइतबार वीरगञ्‍जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज-१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए ।

उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षीय पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।

उनको पनि रिपोर्ट पोजेटिभ भएको आएको छ ।

यस्तै, बाराका संक्रमित पनि जमातीको सम्पर्कका आएकाहरूको खोजी गर्ने क्रममा परीक्षणको दायरामा आएका थिए । उनीहरू ६ मार्चमा दिल्ली गएर ११ मार्चमा नेपाल फर्किएका थिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्किएका छन् ।

ad

यो पनि पढौँ

‘एस्ट्राजेनिका’ खोप माग गर्दै बेलायतलाई पत्र पठाउँछौं: मन्त्री तामाङ

कोर्पोरट आवाज डट कम

मन्त्रिपरिषद्को बैठक बस्दै

कोर्पोरट आवाज डट कम

कोभिड–१९ : जोखिममा सुदूरपश्चिम

कोर्पोरट आवाज डट कम

Leave a Comment