२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग राजनीति

प्रधानमन्त्रीले गरे संसद बैठक कक्ष अवलोकन

banner

 प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठक कक्ष अवलोकन गरेका छन् । बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बेला बुधबार बिहान संसद भवन पुगेर प्रधानमन्त्री ओलीले बैठक कक्ष अवलोकन गरेका हुन् ।

सामाजिक दुरी कायम गरेर बैठक बसाल्ने तयारी संसद सचिवालयले गरेको छ । साथै भिडियो कन्फ्रेन्सबाट पनि बैठक बसाल्न सकिने राय सचिवालयले गठन गरेको कार्यदलले सुझाव दिएको छ ।

१५ जेठमा बजेट ल्याउनुपर्ने व्यवस्था संविधानमा छ । लामो समयको लकडाउनका कारण समय कम भएकाले छिटो अधिवेशन आह्वान गर्नुपर्ने दबाबमा सरकार छ । बजेट अधिवेशनको सुरु र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

बजेट अधिवेशन आह्वानका विषयमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच छलफलसमेत भएको छ । छलफलका लागि सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।

ad

यो पनि पढौँ

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी

कोर्पोरट आवाज डट कम

भारतमा कोरोना संक्रमित १७ हजार नाघे, ५४३ को मृत्यु

कोर्पोरट आवाज डट कम

१ लाख २७ हजार कामदारलाई तत्काल उद्धार गर्नुपर्ने, सरकार बिलखबन्दमा

कोर्पोरट आवाज डट कम

Leave a Comment