२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश स्वास्थ्य

भारतमा कोरोना संक्रमित १७ हजार नाघे, ५४३ को मृत्यु

banner

भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा यो भाइरसको कारण ३५ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय २३ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ६३, दिल्लीमा ४५ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार ८४ पुगेको छ भने १७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ९३ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा दुई हजार पाँच सय ४७ संक्रमित निको भइसकेका छन् ।

ad

यो पनि पढौँ

निजी अस्पतालले २० प्रतिशत बेड छुट्याएमात्र कोरोना परीक्षण गर्न पाउने

कोर्पोरट आवाज डट कम

सनसिटीका तीनमध्ये दुईजनालाई कोरोना पुष्टि

कोर्पोरट आवाज डट कम

थप २ हजार २३९ जनामा कोरोना संक्रमण, १ हजार ३१६ जना निको

कोर्पोरट आवाज डट कम

Leave a Comment