४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग शिक्षा

विद्यार्थी भर्ना नलिनु : शिक्षा मन्त्रालय

banner

 शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ । देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरेर आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयको मन्त्री स्तरीय निर्णयले कुनै पनि कक्षामा कुनै पनि विद्यालयले भर्ना लिन नपाउने निर्णय गरेको प्रवक्ता दिपक शर्माले जानकारी दिए । मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर विद्यार्थी र भर्ना र परीक्षाको कार्यक्रम सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको हो ।

लकडाउनका कारण विद्यालयहरुको पठनपाठन बन्द रहेको छ । विद्यालयहरुले भने विद्यार्थी भर्ना गर्न थालेका थिए । विशेष गरी निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न दबाव दिँदै आएका छन् ।

मन्त्रालयले विद्यार्थी भर्ना नलिन विद्यालय र भर्ना नगर्न अभिभावकहरुलाई समेत सचेत गराएको हो । विद्यार्थी भर्ना, अनलाइन पठनपाठन र मासिक शुल्क नलिन समेत मन्त्रालयले विद्यालयहरुलाई निर्देशन दिएको हो ।

प्याब्सनले आगामी २६ गतेबाट विद्यार्थी भर्ना गर्न देशभरका निजी विद्यालयहरुलाई निर्देशन दिएको थियो । कतिपय सामुदायिक विद्यालयले पनि भर्ना प्रक्रिया अघि बढाएका थिए ।

कोराना भाइरसको जोखिम कायमै रहेका तत्कालका लागि कुनै पनि शैक्षिक गतिवधि नगर्न मन्त्रालयले सुचित गरेको हो । विद्यालयहरुले अहिले कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशन गरिरहेका छन् । मन्त्रालले कक्षा १०, ११ र १२ को परीक्षाको सर्न्दभमा पनि कुनै पनि निर्णय नभएको जनाएको छ ।सरकारले निजी विद्यालयहरुलाई चैत महिनाको आवासीय शुल्क बाहेक अन्य शुल्क नलिने आग्रह गरेको थियो । प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तिमा शुल्क छुट बारेको जानकारी विद्यालयहरुले सम्बन्धि स्थानीय तहमा दिनुपर्ने उल्लेख छ ।

ad

यो पनि पढौँ

सर्लाहीकी संक्रमित युवती काठमाडौंकै बासिन्दा

कोर्पोरट आवाज डट कम

वडाध्यक्ष लामाले भारतको सीमामा लगाइदिए काँडेतार

कोर्पोरट आवाज डट कम

२२ अर्ब बढी वैदेशिक ऋण लिने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम

Leave a Comment