२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग समाचार

सिमामा बिओपी संख्या पाँच सय पुर्‍याउने गृहमन्त्रालयको तयारी

banner

गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दिएको निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले सो सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेको हो ।
हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेको छ ।

नेपालतर्फको सिमानाकामा भारतको ५३० बिओपी रहेकोमा नेपालले पनि सोहि अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । प्रस्ताव अनुसार सो संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दुरिमा रहेको बिओेपी त्यसपछि ३।५ किलोमिटर सिमामा रहनेछ ।

बिओपी थप सम्बन्धि गृहमन्त्रालयको छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताउनुभयो । उहाँले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिनुभयो ।

शान्त, समृद्ध र स्वाधीन नेपालकालागि सिमा व्यवस्थापन अनिवार्य शर्त रहेको बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाईने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।उहाँले अहिले जटिल परिस्थितिमा सिमित , स्रोत र साधनका बाबजुद सिमामा कोरोना नियन्त्रणका लागि सुरक्षानिकायले खेलेको भूमिका प्रशंसनीय रहेको टिप्पणी गर्नुभयो ।

गृहसचिव महेश्वर न्यौपानेले सिमाको विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्सारको १११ ठाउँमा रहेको जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।

यसअघि सिमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठुलो संख्यामा थप गरि १२० पुर्‍याइएको छ । त्यस्तै बिओपी संख्या २२१ पुरयाउने गृहमन्त्रीको प्रस्ताब मन्त्रीपरिषद्ले यसअघिनै पारित गरिसकेको छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हो ।

गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलो संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पोस्ट बिस्तार गरिएको सशस्त्रले जनाएको छ ।

ad

यो पनि पढौँ

ओली र मोदीबीच टेलिफोन वार्ता–रोकिएका नागरिकको राम्रो हेरचाह गर्ने

कोर्पोरट आवाज डट कम

भक्तपुर नगरपालिकामा आरडीटी परीक्षण सुरु

कोर्पोरट आवाज डट कम

अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल

कोर्पोरट आवाज डट कम

Leave a Comment