४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग राजनीति समाचार

ओली र मोदीबीच टेलिफोन वार्ता–रोकिएका नागरिकको राम्रो हेरचाह गर्ने

banner

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने सहमति भएको छ । 

शुक्रबार भएको टेलिफोन वार्ताका क्रममा प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षीबीच कोरोना भाइरसविरुद्धको सहकार्य लाई अझै सशक्त बनाउने सहमति भएको हो । 

टेलिफोन वार्तामा लकडाउनका कारण एकअर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिइएको ओलीले ट्विटमार्फत जानकारी दिएका छन् । 

“आज मैले भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग @narendramodi  टेलिफोन संवाद गरें । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं । लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं,” प्रधानमन्त्रीले लेखेका छन् । 

Spoke today with Prime Minister of Nepal, Shri @kpsharmaoli. We discussed the prevailing situation due to COVID-19. I appreciate the determination of people of Nepal to fight this challenge. We stand in solidarity with Nepal in our common fight against COVID-19.
— Narendra Modi (@narendramodi) April 10, 2020

उनले भारतीय प्रधानमन्त्री मोदीसँग आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा पनि छलफल भएको उल्लेख गरेका छन् । “भारत सरकारले उपलब्ध गराउने औषधीलगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ,” प्रधानमन्त्री ओलीले अर्को ट्विटमा भनेका छन् । 
   भारतीय समकक्षी नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत नेपालका प्रधानमन्त्रीसँग कुरा भएको उल्लेख गर्दै कोरोनाभाइरसविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने कुरामा ऐक्यवद्धता जनाएको उल्लेख गरेका छन् ।

ad

यो पनि पढौँ

सर्वाेच्चद्वारा उपचार गर्न नमान्ने स्वास्थ्य संस्थाको विवरण पेश गर्न सरकारसँग माग

कोर्पोरट आवाज डट कम

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेल

कोर्पोरट आवाज डट कम

सार्वजनिक गाडीको भाडा बढ्यो

कोर्पोरट आवाज डट कम

Leave a Comment