४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कोरोना नदेखिएपछि कोशी अस्पतालबाट ६ जना डिस्चार्ज

banner

कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई बुधबार बिहान डिस्चार्ज गरिएको हो । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विदाइ गरे ।

निको भएकाहरुमा पनि पुन: संक्रमण देखिएकोले  डिस्चार्ज भए पनि उनीहरुलाई विराटनगर -१४ काे रानी मर्कजमा राखिने काेशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डाक्टर संगीता मिश्रले बताइन् ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना निको भएर डिस्चार्ज भएका हुन् । उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरिएको छ ।

विराटनगरको कोरोना विशेष अस्पतालमा ३१ जना उपचाररत छन् । विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरमा संक्रमण पुष्टि भएका मात्र २८ जना उपचार गराइरहेका छन् । बाँकी ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका छन् ।

ad

यो पनि पढौँ

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि पीसीआरमा देखिएन : स्वास्थ्य मन्त्रालय

कोर्पोरट आवाज डट कम

चार वर्षदेखि दाहसंस्कार हुन नसकेको शवको कथा

कोर्पोरट आवाज डट कम

नेपाली सेनाले रद्द गर्‍यो स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया

कोर्पोरट आवाज डट कम