२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको छ, सजग रहौं : प्रधानमन्त्री ओली

banner

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन पनि आह्वान गरेका छन् ।

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ प्रधानमन्त्री ओलीले बिहीबार एक सन्देश जारी गर्दै भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा पुर्‍याएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोधसमेत गरेका छन् ।

ad

यो पनि पढौँ

ट्रेजरी बिलमार्फत राष्ट्र बैंककै पैसामा नाफा कमाउँदै बैंकहरू

Corporate Aawaj

निषेधाज्ञामा पसल खेलेकाे भन्दै भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर गुरूङ पक्राउ

कोर्पोरट आवाज डट कम

भारतप्रति सरकारको दलाली खुलारुपमा प्रकट भयो : विप्लव समूह

कोर्पोरट आवाज डट कम