२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग धर्म–संस्कृति

बुद्धका उपदेशले कोरोनाविरुद्ध लड्न मनोबल पैदा गर्ने प्रचण्डको विश्वास

banner

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उनले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताएका छन् ।
बुद्ध जयन्ती र उभौली पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रचण्डको सन्देशमा बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले बुद्धप्रति सबै नेपालीले गर्व गर्न सकेको उल्लेख छ ।

प्रचण्डले २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा र आज नै परेको किराँत समुदायको उभौली पर्वको उपलक्ष्यमा सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् ।

ad

यो पनि पढौँ

लेले जंगलमा अल्का अस्पतालकी कर्मचारीको शव फेला, हत्या आशंकामा एक जना पक्राउ

कोर्पोरट आवाज डट कम

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

कोर्पोरट आवाज डट कम

१ लाख २७ हजार कामदारलाई तत्काल उद्धार गर्नुपर्ने, सरकार बिलखबन्दमा

कोर्पोरट आवाज डट कम