५ आश्विन २०८०, शुक्रबार / September 22, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग धर्म–संस्कृति

देउवाको कामना– देशमा शान्ति होस्, देशवासीले अत्याचारबाट मुक्ति पाउन्

banner

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशमा शान्ति कायम होस् भन्ने कामना गरेका छन् । साथै उनले देशवासीले अन्याय, अत्याचार र सबै प्रकारका दमनबाट मुक्ति पाउन् भन्ने कामना पनि गरेका छन् ।

देउवाको सन्देशमा लेखिएको छ, ‘दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा रहेको छ । त्यसैले नेपाली कांग्रेसको पहिलो प्राथमिकता नै शान्ति हो ।’

देउवाले भनेका छन्, ‘विगतका वर्षहरु अशान्ति र द्वन्दबाट आक्रान्त रहेको हाम्रो देश अझै पनि हत्या, हिंसा, अपहरण, मानव अधिकार विरोधी लगायतका घट्नाहरुबाट मुक्त हुन सकेको छैन । शान्त र समुन्नत नेपाल निर्माणका लागि हाम्रा सामु थुप्रै अवसरहरु रहेका छन् । हिंसा, हत्या, अपहरण जस्ता मानव अधिकार विरोधी क्रियाकलाप अब सदाका लागि बन्द गरिनुपर्दछ ।’

शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्न तथा अशान्ति, हत्या र हिंसाको विरोध गर्न देउवाले अपिल पनि गरेका छन् ।

कोरोना भाइरस संक्रमणको सन्दर्भमा सभापति देउवाले लकडाउनको पूर्ण पालना गर्दै सामाजिक दुरी कायम गरेर यो विश्वव्यापी महामारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

ad

यो पनि पढौँ

२६ लाख जाेगाउन महिलाले चिन्न अस्वीकार गरिन् आफ्नै श्रीमान्

कोर्पोरट आवाज डट कम

एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, अन्त्य भयो पुँजीगत लाभकर विवाद

कोर्पोरट आवाज डट कम

मुख्यमन्त्री गुरुङ्ग विश्वासको मत लिन असफल

कोर्पोरट आवाज डट कम