२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

सिंहदरबार अगाडि चिनियाँ नागरिक र प्रहरीबीच झडप

banner

स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलका अनुसार सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए । सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको पोखरेलको भनाइ छ ।

त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् । घाइतेको डीएसपी बस्नेतको प्रहरी अस्पताल र महिला प्रहरीको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

ad

यो पनि पढौँ

अप्ठ्यारो पर्दा नेपालले गरेको सहयोग कहिल्यै बिर्सन्नौं, सकेको सहयोग गर्छौं: चीन

कोर्पोरट आवाज डट कम

देशका अधिकांश स्थानमा झरी, मौसमविद् भन्छन्– पर्सिसम्म यस्तै हुन्छ

कोर्पोरट आवाज डट कम

वायु सेवा निगमलाई पर्यटनमन्त्रीको चेतावनी : सुधारका लागि एक हप्ताको समय दिन्छु, नत्र हस्तक्षेप

कोर्पोरट आवाज डट कम