२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार

देशका अधिकांश स्थानमा झरी, मौसमविद् भन्छन्– पर्सिसम्म यस्तै हुन्छ

banner

पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परिरहेको छ । निरन्तर झरीका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोसमेत गएको छ ।

साउने झरीको झल्को दिनेगरी परिरहेको यो पानी कहिले रोकिएला ? मौसमविद भन्छन्– पर्सिसम्म यस्तै हो ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले भनिन्, ‘आज र भोलि अलि सक्रिय हुन्छ, भोलिको तुलनामा पर्सि अलि कम हुन्छ ।’ आज र भोलि घाम नलाग्ने र पर्सि अपराह्नबाट मौसममा तुलनात्मक रुपमा सुधार आउने उनको भनाइ छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका अधिकांश भागमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको तथा प्रदेश ५ मा ५६ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेकाले सतर्क रहन पनि विभागले अनुरोध गरेको छ । यो प्रणाली पूर्वतर्फ सरिरहेको छ ।

नेपालमा यस्तो झरीको अवस्था कहिलेसम्म जारी रहन्छ भन्ने यकिनका साथ भन्न मौसमविदले सकिरहेका छैनन् । किनभने नेपालमा तीन दिनभन्दा बढीको मौसम पूर्वानुमान गरिँदैन ।

मौसमविद नगरकोटीले पर्सि अपराह्नसम्म पानी पर्ने र त्यसपछि केही कम हुने बताइन् । यसबीचमा पानी पर्ने र रोकिने क्रम जारी रहने उनको भनाइ छ ।

ad

यो पनि पढौँ

‘जुम्ल्याहा’ मोटरसाइकलः एक चालक प्रहरी सम्पर्कमा, अर्काको खोजी जारी

कोर्पोरट आवाज डट कम

उच्च बिन्दुमा पुगेर फिर्कियो नेप्से, बढी कारोबार गर्नेको अग्रस्थानमा तीन वाणिज्य बैंक

कोर्पोरट आवाज डट कम

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौं आउन गृहले दिएन अनुमति

कोर्पोरट आवाज डट कम

Leave a Comment