२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश

गैह्रनेपाली अष्ट्रेलिया फर्किए नेपाली उतै अड्कीए

banner

नेपाली नागरिकता त्यागेर अस्ट्रेलियाको स्थायी नागरिकता र अस्थायी भिषा लिएकाहरु नेपालवाट अस्ट्रेलिया फर्किसकेका छन । तर, नेपाली विमान दुईपटक अस्ट्रेलिया आउदा समेत नेपाली नागरिक फर्किन पाएनन्।

रोजगारीका लागि अस्ट्रेलिया पुगेका नेपालीहरु स्वदेश फर्कन राज्यले वेवास्ता गरेको भन्दै चिन्तित बनेका छन्। नेपाली ध्वजावहक विमान कर्मभूमीमा आउनु नेपालीको लागि गव अनुभूती गरे । तर, महामारी अघि अस्टेलिया आएका सयौ अविभावक र समस्यामा परेका नेपाली विद्यार्थीले भने ध्वजावाहक आउनुलाई हर्ष न विस्मतका रुपमा लिए ।

महामारीका कारण दुवै देशले अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेपछि नेपाल फर्कन चाहने अस्ट्रेलियाका नेपालीहरु उतै अड्कीए । अस्टेलियाले भने नेपालमा फसेका आफ्ना नागरिक विमानै चार्टर गरेर फिर्ता ल्यायो । त्यो पनि नेपाल एयरलाइन्सवाट ? घर फर्कने आशामा बेसका नेपालीहरुका लागि भने जहाज आकाशमा उडेको हेर्नुवाहेक केही भएन । धेरैले आशा गरेका थिए पहिलो आएको विमानमा घर फर्कन पाईएलाकी भनेर। तर, उनीहरुको त्यो आशाा निराशमा परिणात भयो र विमान रित्तै नेपाल फर्कियो।

त्यसो त यहाँ रहेका नेपालीले दुतावस र नेपाल सरकारसंग हारगुहार नगरेका होईनन्। सरकारले विदेशमा रहेका नेपालीहरुलाई फिर्ता नलग्ने नीतिका कारण नेपाली नागरिक नलिई विमान रित्तै फर्कनु पर्यो । दोस्रो पटक मार्चको पहिलो साता फेरी नेपाली विमान अस्ट्रेलिया र न्यूजिल्याण्डका नागरिक वोकेर अस्ट्रेलियाको उडान भर्यो। दोस्रो पटक आउदा त घर फर्कन पाईएलाकी भनेर झिनो आशा थियो। दोस्रोपटक पनि विमान भरी आयो खाली गयो। भ्रमण भिषा तथा महामारीका कारण समस्या परेका विद्यार्थीहरु नेपाल फर्कन आतुर छन ।

विश्वका देशहरुले महामारीका कराण फसेका आफ्ना देशका नागरिक धमाधम फिर्ता लागि रहेका वेला नेपाल सरकारले जहाँ छौ त्यही वस, भनेको प्रति गुनासो गरेका छन्। यो सरकारको नागरिक प्रतिको हेराईले अस्ट्रेलियामात्र हैन विश्वमा महामारीका कारण समस्या परेको नेपालीको मन कट्क्न दुखेको छ। नेपालमै जन्मिए पनि नागरिकता विहीन भएको महशुस गरेका छन। अस्ट्रेलियामा रहेका नेपालीहरु भन्न थालेका छन ‘नेपाली नागरिकता त्यागेर अस्ट्रेलियाको नागरिक लिएकाहरु गर्वका साथ अस्ट्रेलिाय फर्किका छन।

हामी नेपाली नागरिक भएका आफ्नै देश फर्कन पाउदौनौ ।’ यो त एउटा प्रतिनिधि आवाज मात्र हो विश्वका धेरै देशकमा रहेका नेपालीहरुको पीडा हो। तै पनि सिंहदरवारले सुनेको छैन।
नेपाल–अस्ट्रेलिया सिधा उडानका लागि द्धिपक्षीय सम्झौता भएपनि सम्झौता कार्यान्वयन गर्ने हवाई सेवा कम्पनीहरुले ढिलाई गरिरहेका वेला कोरोना महामारीका कारण नेपालमा फसेका नागरिक उद्धारका लागि चार्टर विमान दुईपटक अस्ट्रेलिया आएको थियो।

ad

यो पनि पढौँ

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

कोर्पोरट आवाज डट कम

फिलिपिन्सका राष्ट्रपतिले दिए गोली हान्ने आदेश

कोर्पोरट आवाज डट कम

सातवटै प्रदेशका प्रहरी प्रमुख फेरिए

कोर्पोरट आवाज डट कम