४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

फिलिपिन्सका राष्ट्रपतिले दिए गोली हान्ने आदेश

banner

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले पुलिस र सेनालाई लुजोनको टापुमा लागू गरिएको एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् । ‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई  गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राती प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिए ।

सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश जारी गरेका हुन् ।

स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहयता नपाएको गुनासो गरेका छन् ।

पक्राउ गरिएकामध्ये ६ महिला पनि छन् ।

प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्न भनिएको छ । यो नयाँ नियम तोड्नेविरुद्ध आपराधिक मुद्दा दर्ता गरिने उनले जानकारी दिए ।

ad

यो पनि पढौँ

सनसिटीमा र्‍यापिड टेष्ट गरेका सबैको रिपोर्ट नेगेटिभ

कोर्पोरट आवाज डट कम

बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट

कोर्पोरट आवाज डट कम

प्लाष्टिक उद्योग बन्द गर्न कागेश्वरी मनोहरा न्यायिक समितिको आदेश

कोर्पोरट आवाज डट कम

Leave a Comment