४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

banner

महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।

सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । प्रहरी कार्यालय पनि शिल गरिएको छ ।

स्रोतका अनुसार रानीपोखरी र काठमाडौं प्रहरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको हो ।

संक्रमण सुरक्षाकर्मीलाई बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड–१९ विशेष अस्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ad

यो पनि पढौँ

थप २७ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना

कोर्पोरट आवाज डट कम

विभिन्न देशबाट आएकाे ४ सय २८ अक्सिजन कन्सन्ट्रेटर नेपाल पुग्याे

कोर्पोरट आवाज डट कम

मन्त्रिपरिषद् बैठक आज, लकाउनका बारेमा निर्णय हुनसक्ने

कोर्पोरट आवाज डट कम