२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश स्वास्थ्य

कोरोनाको उपचार गर्न औषधी बनाए, आफैंमाथि गरे परीक्षणः चेन्नईका डाक्टरको मृत्यु

banner

कोरोनाभाइरसको कहर संसारभरी जारी छ । यसबाट बच्ने उपायको खोजी पूरा संसारभरीका स्वास्थ्य क्षेत्रले अत्यधिक मिहिनेत गरिरहेका छन् । यसैबीच भारतको चेन्नईमा एक डाक्टर कोरोनाभाइरसको उपचारका लागि बनाइएको औषधीको परीक्षण गरिरहेका थिए तर परीक्षणका बेला नै उनको मृत्यु भयो ।

भारतीय मिडिया आजतकका अनुसार यो घटना चेन्नईको हो । यहाँ पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । उक्त कम्पनी खोकीको औषधीका लागि चर्चित थियो ।

स्रोतका अनुसार कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले । राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएका थिए ।

औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको अस्पतालमा मृत्यु भयो जबकी राजकुमारको स्थिती स्थिर बताइएको छ र उनको उपचार चलिरहेको छ । यसबारे पुलिसले अनुसन्धान थालेको छ ।

ad

यो पनि पढौँ

विपतमा परेका नेपालीलाई फर्काउन सर्वोच्चको आदेश

कोर्पोरट आवाज डट कम

दुबईबाट आएर आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

कोर्पोरट आवाज डट कम

अनुमतिबिनै कोरोना संक्रमितको जीन अनुसन्धान गर्न दिएको भन्दै डा. रुनासहित ६ जनालाई स्पष्टिकरण

कोर्पोरट आवाज डट कम