२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
समाचार स्वास्थ्य

कोरोना त्रास : जहाँ साबुन पानीले हात धोए मात्र टोलमा प्रवेश पाइन्छ

banner

मलंगवा : सर्लाही सदरमुकाम मलंगवा ४ शिवसागर चौकको शान्ति टोलमा साबुन पानीले हात धोएर सेनेटाइजर लगाए मात्र टोलमा प्रवेश गर्न पाइने नियम लागू गरेको छ।टोलको मुख्य प्रवेशद्वारमा ढाट लगाइएको छ । ढाटमा सूचना टाँस गरिएको छ । सूचनामा अतिआवश्यक काम भएको व्यक्ति बाहेक अरुलाई प्रवेश नगर्न लेखिएको छ । अतिआवश्यक काम छ भने भेट गर्ने व्यक्तिलाई फोन गरेर मात्र टोलमा प्रवेश गर्न उल्लेख गरिएको छ ।  त्यति मात्र नभएर ढाटस‍ँगै राखिएको साबुन पानीले हात धोएर सेनेटाइजर लगाएर मात्र टोलमा प्रवेश पाइन्छ।

टोलको मानिसलाई बाहिर जानबाट रोक्न र बाहिरको मानिसलाई टोलमा प्रवेश निषेध गर्नका लागि छेकाबार लगाएको लालबाबु यादवले बताएका छन् । लकडाउनमा घर भित्र बस्नु, अनावश्यक हिडडुल नगर्नु भन्दा पनि मानिस अनावश्यक रुपमा टोलमा आउन थालेपछि बाध्य भएर बाँसको ढाट लगाएर सूचना टाँस गर्नु परेको यादवले बताए।

‘अतिआवश्यक काम बाहेक व्यक्तिलाई प्रवेश निषेध गरेका छौं । आवश्यक काम छ भने सम्बन्धित व्यक्तिलाई फोन गरेर प्रवेश गर्नका लागि सूचना समेत टाँस गरेका छौं,’उनले भने। टोलबाट बाहिरनु भन्दा अगाडि र भित्रिनुभन्दा अगाडि साबनु पानीले हात धुने र सेनेटाइजर लगाएर टोलमा प्रवेश गर्नका लागि मुख्यद्वारमा साबुन पानी र सेनेटाइजरको व्यवस्था गरिएको धिरेन्द्र चौधरीले जानकारी दिएका छन् । दूध, तरकारी बेच्न आउनेलाई समेत हात धोएर र सेनेटाइजर लगाएर मात्र प्रबेश गर्न भनेका छौं ।

अनावश्यक रुपमा ओहोर दोहोर भइरहेको थियो । त्यसलाई रोक्नका लागि टोलबासीले यस्तो व्यवस्था गरेको चौधरीले बताए । अनुरोध गर्दा नमाने पछि मुख्यद्वारमा ढाट लगाउनु परेको हो । 

ad

यो पनि पढौँ

डिजिटल बैंकिङको जोखिमबारे भएन वित्तीय साक्षरता

कोर्पोरट आवाज डट कम

केही खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे

कोर्पोरट आवाज डट कम

एसईई मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै

कोर्पोरट आवाज डट कम

Leave a Comment