२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग विदेश

ओबामाद्वारा ट्रम्पको कडा आलोचना

banner

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । कोरोनाभाइरससँग जुध्नका लागि राष्ट्रपति ट्रम्पको कदमलाई उनले कडा शब्दमा आलोचना गरेका छन् ।

ह्वाइट हाउसमा रहँदा उनका लागि काम गर्ने तीन अधिकारीसँगको एक नीजि कुराकानीमा उनले जसरी अमेरिकाले यो महामारीसँग जुधिरहेको छ त्यसलाई पूर्ण रुपमा एक ‘अराजक–आपत्तियुक्त’ स्थिती बताएका छन् ।

उक्त कुराकानीको क्रममा पूर्व राष्ट्रपति ओबामाले नोभेम्बरमा हुने चुनावमा जो बिडेनको समर्थन गर्दै एउटा ठूलो भूमिका निभाउन चाहेको बताए ।

ओबामा एलुम्नाई असोसिएसनका सदस्यसँगको करिब आधा घण्टाको उक्त कुराकानीमा विश्वव्यापी महामारीको यो समयले मजबुत सरकारको नेतृत्वको आवश्यकतालाई पुनः एकपटक स्मरण गराइदिएको उनले बताए । उक्त टेलिफोन वार्ता ओबामाका पूर्व कर्मचारीलाई बिडेनको चुनावी अभियानमा बढीभन्दा बढी सक्रिय रहन आग्रहसहित गरिएको थियो ।

 ‘आउँदै गरेको चुनाव अत्याधिक महत्वपूर्ण छ किनभने हामी विशेष एक व्यक्ति वा राजनीतिक पार्टीसँग संघर्ष गरिरहेका छैनौं,’ ओबामाले भने । ‘हामी जुन कुराविरुद्ध लडिरहेका छौं, त्यो दीर्घकालीन प्रवृत्ति हो जसमा –स्वार्थी हुनु, आदिवासी हुनु, विभाजित हुनु र अन्य व्यक्तिलाई दुश्मन देख्नु– यो अमेरिकी जीवनमा एक बलियो आवेग बनेको छ ।’

याहू न्यूजले टेलिफोनवार्ताको अडियो रेकर्डसमेत प्रकाशित गरेको छ । ओबामाका प्रवक्ताले पूर्व राष्ट्रपतिको बयानबारे टिप्पणी गर्न अस्विकार गरे ।

स्रोतः सीएनएन

ad

यो पनि पढौँ

गुमनाम छैनन् गोकुलः भ्रष्टाचार आरोपले राजनीतिक लकडाउनमा परेका बास्कोटाका आक्रामक ट्वीट, ओलीलाई बोक्दै प्रचण्डको आलोचना

कोर्पोरट आवाज डट कम

भारतका प्रधानमन्त्री मोदी युएइ भ्रमणमा 

कोर्पोरट आवाज डट कम

१७ संक्रमित भेटिएपछि वीरगञ्जका विभिन्न क्षेत्र सिल

कोर्पोरट आवाज डट कम