४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

आइतबारदेखि समय तालिकाका आधारमा काठमाडौंमा गाडी गुड्ने

banner

काठमाडौं उपत्यकामा समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन हुने भएको छ ।सरकारले लकडाउनलाई केही खुकुलो बनाउने नीति ल्याएसँगै भोलिदेखि विभिन्न प्रयोजनका तोकिएको समयभित्र सञ्चालन गर्न पाइने महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन गर्न लागिएको उनले बताए । 

उनले भने,‘गाडी चलाउन पाइने भनेर सबै गाडी चलाउन पाइने हैन, गाडी चलाउन त कडा नै हुन्छ । निर्माण सामग्री बोकेका ठूला ट्रकहरु, अस्पताल, वित्तीय संस्था, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीलाई समय तालिकाअनुसार दिने निर्णय भएको छ ।’

ट्राफिक प्रहरी प्रमुख ढकालका अनुसार निम्न अनुसार सवारी सञ्चालन गर्न पाइने छ:

–निर्माण सामग्री बोकेका ठुला टिपर र ट्रकरु बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउनेछन् । 

–निजामती कर्मचारी, बैंक तथा वित्तीय सेवाका कर्मचारी बिहान ९ बजेदेखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्ने, बैंकका कर्मचारीहरु साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्ने, अन्य कर्मचारीको हकमा ५ देखि ६ बजेसम्म फर्किसक्नु पर्नेछ । 
–सामान्यतया: अत्यावश्यक सामग्री बोकेका गाडीहरु जस्तै: तरकारी, खाद्य सामग्री, फलफूललगायत बोकेका सवारीसाधन बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने छन् । 

–४४ प्रकारका उत्पादन तथा सेवा सञ्चालनसँग सरोकार राख्नेका सबै सवारी साधन सञ्चालन गर्न भने नपाउने । 

–माथि उल्लेखित सवारी साधन सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने व्यवस्था गरिएको छ । 

तर राति चल्ने निर्माण सामग्री बोकेका सवारीसाधनका लागि भने परिचयपत्र र पत्र बोक्न आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिए । अत्यावश्यक कामबाहेक पास नबोकेर सडकमा गुड्ने सवारी साधनलाई कारवाही गर्ने उनको भनाइ छ । 

ad

यो पनि पढौँ

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

कोर्पोरट आवाज डट कम

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

कोर्पोरट आवाज डट कम

धुलिखेल अस्पतालमा आजदेखि कोरोना परीक्षण सुरु

कोर्पोरट आवाज डट कम