
काठमाडौंमा आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइको छ।
जनता दरबार नामक संस्थाले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा साँझ ६ बजेतिर कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो।
‘नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो भनेर स्वीकारेका छन्। तर भारतले अहिले एकपक्षीय रूपमा बाटो बनाएको छ,’ जनता दरबारका संयोजक एसपी शाहले भने,‘त्यसको विरोधमा हामीले पुत्ला दहन गरेका हौं।’
उनले पुत्ला दहन गर्दागर्दै प्रहरी आएर हस्तक्षेप गरेको बताए।
‘हामीले आगो सल्काउँदा सल्काउँदै पुलिस आएर हस्तक्षेप गरेपछि हामी त्यहाँबाट निस्कियौं,’ उनले भने।


