२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कपिलवस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

banner

कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का हुन् ।  उनीहरू १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु हुन् । एक जना पुरुषको भने उमेर खुलेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा छन् ।

ad

यो पनि पढौँ

दुबईबाट आएर आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु

कोर्पोरट आवाज डट कम

थामिएन अमेरिकामा कोरोना महामारी: मृतक ३७ हजार माथि, संक्रमित ७ लाख

कोर्पोरट आवाज डट कम

बिजुली बन्द गर्न भारतीय प्रधानमन्त्री मोदीको आग्रह

कोर्पोरट आवाज डट कम