
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् ।
प्रचण्ड आज दिउँसो २ बजे नेता नेपालको निवास पुगेको स्रोतले जानकारी दियो । भेटवार्ता जारी छ ।
एमाले नेताहरु पार्टी एकता जोगाउन सक्रिय रहेका बेला विपक्षी पाँचदलीय गठबन्धनमा रहेका प्रचण्ड र नेपालको भेटवार्ता भएको हो ।
यता, सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी छ ।


