४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

कोरोनाको जोखिम बढेपछि भक्तपुर सिल गरियो, काठमाडौं र ललितपुर पनि सिल गरिदैं

banner

काठमाडौं । काठमाडौंमा उपत्यकामा कोरोनाको उच्च जोखिम बढेपछि भक्तपुरका केही स्थान सिल गरिएको छ । भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोक सिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिंडडुलमा रोक लगाइएको छ ।

संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए । मंगलबार गरिएको पीसीआर परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु चाँगुनारायण नगरपालिका, दुवाकोट र मध्यपुरथिमी नगरपालिका बस्ने रहेका छन् । यस्तै भक्तपुर र काठमाडौंमा पनि संक्रमित भेटिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले जिल्लाहरु सिल गर्ने तयारी गरेको श्रोतले जानकारी दिएको छ । गृह श्रोतका अनुसार यस विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आवश्यक छलफल भएको छ। पछिल्लोपटक कोरोना संक्रमण पुष्टि हुनेमा १८ जना पका, महोतरीका २ जना धनुमाका २ जना, भक्तपुरका २ जना काठमाडौंका १२ सर्लाहीका एक जना छन। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको थियो।

ad

यो पनि पढौँ

विजेन्द्रले नवदुर्गालाई चढाए ९० हजारको ‘खःमेय्’

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

Corporate Aawaj

लकडाउन लम्बाउनेबारे यस्तो भन्छन् सरकारका प्रवक्ता

कोर्पोरट आवाज डट कम