२१ चैत्र २०८२, शनिबार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार स्वास्थ्य

लकडाउन लम्बाउनेबारे यस्तो भन्छन् सरकारका प्रवक्ता

banner

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको समय लम्बाउने अनुमान गरिएको थियो । तर, सरकारले हाल कायम रहेको लकडाउनलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको छ ।

लकडाउनको समय थप गर्नेबारे अर्को मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।यसका साथै बिदेशबाट आउने  नागरिकबाट कोरोेना भाइरस संक्रमण बढ्ने देखिएको स्थानमा स्वास्थ्य परिक्षणलाई द्रुत गतिमा लाने निर्णय गरेको छ  ।
यस्तै स्वास्थ्यकर्मीलाई आवश्यक उपकरणको व्यवस्थाका साथै पूर्ण सुरक्षाको प्रत्याभूति दिने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले देशब्यापी लकडाउन जारी गरेको थियो ।
गत आइतबार थप ८ दिन थप गरिएको लकडाउन आगामी चैत २५ गते समाप्त हुँदैछ । अहिलेसम्म नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकजना भने उपचारपछि घर फर्किसकेका छन् ।

ad

यो पनि पढौँ

फुटको संघारमा जसपा, ठाकुरले स्पष्टीकरणको जवाफ नदिने

कोर्पोरट आवाज डट कम

म्युचुअल फण्डको बढ्दो बजार मूल्यः लाभांशको लोभअघि बुझ्नु पर्छ यी तथ्य

कोर्पोरट आवाज डट कम

सालको गोलिया काठसहित ९ जना पक्राउ

कोर्पोरट आवाज डट कम