२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग स्वास्थ्य

थप २७ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना

banner

थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये उपत्यकाका पाँच जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरूको स्थायी बसोबास र कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ।

झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका हुन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने ३७ जना निको भएर घर फर्किसकेका छन्।

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अब कोरोनाभाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ।

ad

यो पनि पढौँ

काठमाडौंमा निर्माण हुने चार नयाँ सहरको डिपिआर तयार

कोर्पोरट आवाज डट कम

बाढी पहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था मिलाउन पूर्वराजा शाहको आह्वान

कोर्पोरट आवाज डट कम

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी

कोर्पोरट आवाज डट कम