२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

बाढी पहिरो प्रभावितको उद्धार र राहतको व्यवस्था मिलाउन पूर्वराजा शाहको आह्वान

banner

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरो प्रभावितको उद्धार एवं राहतको व्यवस्था मिलाउन सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।

देश कोभिड १९ को महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै पूर्व राजा शाहले यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने उल्लेख गरे ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहले मनसुन प्रारम्भ मात्र भएको समयमा नै यति धेरै क्षति भएको भन्दै तीब्र वर्षातको समयमा अझै अवस्था कस्तो होला भन्ने चिन्ता व्यक्त गरेका छन् ।

वक्तब्यमा पुर्व राजा शाहले हिमाल, पहाड र तराईका धेरै जिल्लामा जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी वस्तीका बासिन्दाको उठिबास भएको खबरले आफूलाई दुःखित तुल्याएको उल्लेख गरेका छन् ।

प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकोले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवं राहतकारी व्यवस्था मिलाउने बिषयमा सबै पक्षको गम्भीर ध्यान जानु पर्ने उनले उल्लेख गरेका छन् । 

ad

यो पनि पढौँ

भारतका प्रधानमन्त्री मोदी युएइ भ्रमणमा 

कोर्पोरट आवाज डट कम

बजेटप्रति राजनीतिक दलको प्रतिक्रिया

कोर्पोरट आवाज डट कम

सिसडोलका आक्रोशित स्थानीयसँग मेयर बालेन्द्रको प्रश्न : मलाई काम गर्न नदिने हो ?

कोर्पोरट आवाज डट कम