२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

बजेटप्रति राजनीतिक दलको प्रतिक्रिया

banner

सरकारले यस आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति सत्तापक्षले समाजवादको बाटो पक्रने गरी ल्याएको बताएको भने प्रमुख प्रतिपक्ष दल कांग्रेसले असफलतालको दस्तावेज भएको प्रतिक्रिया दिएको छ ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिर्जनात्मक ढंगबाट समाजवादको बाटो पक्रने गरी बजेट आएकोमा खुसी व्यक्त गर्नुभएको छ । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले निकै सन्तुलित तथा जनतालाई राहत दिने प्रकारको बजेट प्रस्तुत भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– ‘समाजवादको बाटो पक्रने गरी बजेट आएकोमा म खुसी र सन्तुष्ट छु ।’

संघीय संसद् भवनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै डा. बाबुराम भट्टराईले २२ अर्ब रुपियाँबाट यति ठूलो संकटको उपचार भन्ने विषय सम्भव नभएको बताउनुभयो ।

त्यस्तै स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिए पनि जम्मा ७ अर्ब रुपियाँ मात्र बजेट थप गरिनु पर्याप्त नहुने बताउँदै सरकारले अप्ठेरो समयमा पनि विगतकै निरन्तरतामा बजेट ल्याएको भट्टराईको प्रक्रिया दिनुभयो । भट्टराईले आगामी आर्थिक वर्षको बजेटलाई क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको टिप्पणीसमेत गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसले भने आर्थिक वर्षको बजेटलाई नेकपाको असफलताका रूपमा यो दस्तावेज भएको प्रतिक्रिया दिएको छ । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले बिहीबार संसद्मा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिनुभएको हो ।

‘बजेट सरकार र नेकपाको असफलताका रूपमा आएको छ, झन्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नुपर्दथ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्दथ्यो, त्यो गर्न सकेन ।’ –उहाँले भन्नुभयो ।

अर्थतन्त्रको आकार नबढ्ने भएकाले राजस्वको लक्ष्य भेट्न कठिन हुने बताउँदै उहाँले राजस्वको अनुमान संशोधितभन्दा २२ प्रतिशतले बढाउने भन्नु यथार्थपरक नभएको प्रतिक्रिया दिनुभयो ।

नेता रिजालले संशोधित १ सय २१ अर्बबाट ३ सय अर्ब वैदेशिक ऋण उठाउने भन्ने कुरा सम्भव नभएको बताउँदै लक्ष्यअनुसार आन्तरिक ऋण उठाइयो भने उद्योगी व्यवसायीलाई बजारबाट ऋण लिन गाह्रो पर्ने बताउनुभयो ।

ad

यो पनि पढौँ

निजी अस्पताल सरकारको नियन्त्रणमा रहने

कोर्पोरट आवाज डट कम

अमेरिकन आइडलको टप १० मा उक्लिए दिवेश

कोर्पोरट आवाज डट कम

नेपालमा एकै पटक भेटिए तीनजना कोरोना संक्रमित

कोर्पोरट आवाज डट कम