२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धावनमार्ग विस्तार, कोरोना सुरक्षाका लागि संरचना तयार

banner

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन सय मिटर धावनमार्ग विस्तार भएको छ। आइतबार सञ्चारमाध्यमलाई स्थलगत अवलोकन गराउँदै विमानस्थलले भौतिक संरचना तथा कोरोना जोखिम नियन्त्रणका लागि अपनाइने नयाँ संरचनाबारे जानकारी दिएको हो। 

कोरोना संक्रमण फैलिन नदिन सामाजिक दुरी कायम हुने गरी संरचना तयार गरिएको विमानस्थलले जनाएको छ। 

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसी सहितको प्राविधिक टोलीले सामाजिक दुरी कायम गर्दै दुवैतर्फका उडानको टर्मिनल भवनमा बनाइएको नयाँ संरचनाबारे जानकारी दिएका हुन्। पुरानो तीन हजार मिटर धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर बनाइएको छ। विस्तारित धावनमार्गमा रनवे र एप्रोच लाइटिङको काम बाँकी छ। 

कोरोनाका प्रभावले दुई महिनादेखि व्यवसायिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब चाँडै सञ्चालन योग्य भएको छ। विश्व स्वास्थ्य संगठन र आइकाओको मापदण्डमा रहेर सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे विमानस्थलले आवश्यक तयारी गरेको हो।

आन्तरिक र अन्तराष्ट्रिय टर्मिनल भवनमा यात्रुको स्वास्थ्य सुरक्षाका लागि सामाजिक दुरी कायम गरिएको छ। अन्तराष्ट्रिय टर्मिनलको ट्रली हलमा डेढ मिटर दूरी कायम गरिएको हो।

लकडाउनपछि विमानस्थल सेवा कसरी सञ्चालन गर्ने भनेर आवश्यक तयारी गरिएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले बताए।

सरकारको निर्णय अनुरुप एक साताभित्रै हवाई उद्धार उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका नेपाली फर्काउन अपनाउनुपर्ने आवश्यक सतर्कता र तयारी गरिएको महाप्रवन्धक केसीले बताए।

धावनमार्ग विस्तारका लागि एसियाली विकास बैंकको सहयोगमा सन् २०१३ देखि नै ठेक्का प्रक्रिया चलेको भए पनि ढिलागरी आयोजना सम्पन्न भएको हो। तीन सय मिटर धावनमार्ग विस्तारका लागि मूल्यअभिवृद्धि कर बाहेक ८० करोड रूपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।

ad

यो पनि पढौँ

वीरगन्जमा थप दुई जनामा कोरोना पुष्टि

कोर्पोरट आवाज डट कम

प्रधानमन्त्रीले छलफलका लागि कांग्रेस नेतालाई बालुवाटार बोलाए

Corporate Aawaj

नेपाली भूमि अतिक्रमणमा भारतलाई चीनको समर्थन ?

कोर्पोरट आवाज डट कम