४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

हत्याको गर्भमै लुकेको दरवार हत्या काण्डको १९ बर्ष पुरा

banner

दरबार हत्याकाण्ड भएको आज जेठ १९ अर्थात १९ वर्ष पूरा भएको छ ।

२०५८ जेठ १९ गते राति नारायणहिटी दरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारको हत्या भएको थियो ।

राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन् ।

तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् । हत्याको अझै यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानबिन भएको छैन । दरबार हत्याकाण्ड भएको १९ वर्ष बितेपनि घटना रहस्य नै छ ।

वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि ज्ञानेन्द्र शाहले ४ वर्ष राजगद्दी सम्हाले ।

माओवादीको शसस्त्र द्वन्द्व र राजनीतिक दलहरुको जनआन्दोलन पछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि देशमा राजतन्त्र नै समाप्त भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

ad

यो पनि पढौँ

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेल

कोर्पोरट आवाज डट कम

नेपालमा बस्ने भारतीयले दूतावासमा रजिष्ट्रेसन गर्नुपर्ने

कोर्पोरट आवाज डट कम

ओलीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुपर्नेमा देउवातिर किन लाग्नुभयो ?

कोर्पोरट आवाज डट कम