
आज सुनको मूल्य स्थिर रहेको छ । केही दिनदेखि यता सुनको मूल्य स्थिर रहँदै आएको छ । तर चाँदीको मूल्य भने मंगलबारको तुलनामा आज २० रुपयाँले बढेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदी मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


