४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग फिचर समाचार

यूएईमा थप २ नेपालीमा कोरोना संक्रमण

banner

यूएईमा थप २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा दुई जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसँगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ ।

यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको भएका थिए । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार दुई जना नेपालीसहित हालसम्म ५५ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य लाभ हुनेमा भारत र पाकिस्तानका एक-एक जना पनि छन् ।

शुक्रबार फेला परेका नयाँ संक्रमितहरुमा नेपाल सहित श्रील‌ंका, जोर्डन, प्यालेष्टाइन, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्भिया, ग्रीस, उरुग्वे, रोमानिया, स्विडेन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, इमराती, बेलायत, पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिक रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको छ । मन्त्रालयका अनुसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

ad

यो पनि पढौँ

अस्पतालमा एरिक्सनको अवस्था स्थिर, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने

कोर्पोरट आवाज डट कम

भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनको माग

कोर्पोरट आवाज डट कम

लकडाउन उल्लंघन गर्ने एक हजार सवारी साधन कारबाहीमा

कोर्पोरट आवाज डट कम

Leave a Comment