२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
अर्थ ट्रेंडिंग

लकडाउन उल्लंघन गरेको आरोपमा शनिबार बिहानै १३९ जना पक्राउ

banner

 कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरी कडा रुपमा उत्रिन थालेको छ ।

लकडाउनको पाँचै दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो ।

जसअनुसार शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल भन्छन्, ‘अब सबैले लकडाउन के हो ? कसको लागि भन्ने बुझिसक्नु भएको छ । एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन ।

ad

यो पनि पढौँ

काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन

Corporate Aawaj

यी स्थानमा महंगो भयो पार्किङ शुल्क, नो पार्किङमा पार्क गरे १० हजार जरीवाना

कोर्पोरट आवाज डट कम

भक्तपुरमा सुत्केरीमा कोरोना संक्रमण पुष्टि

कोर्पोरट आवाज डट कम

Leave a Comment