
काठमाडौं । देश भर कोरोना संक्रमणका लागि विभिन्न कार्यक्रम गरि रहँदा कोरोना आशंकामा वीर अस्पतालको आइसोलसन कक्षमा उपचाररत काठमाडौंकी १ युवतीको मृत्यु भएको छ ।
उनको मृत्यु सँगै त्रास फैलिएको छ ।
अस्पतालका अनुसार अधिक ज्वरो आएपछि उनलाई भर्ना गरेर राखिएको थियो ।
चन्द्रागिरी नगरपालिका–१५, तिनथानाकी ३८ वर्षीया युवतीको निधन भएको अस्पतालले जनाएको छ ।
ज्वरो आएपछि १ साताअघि उनी सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । अस्पतालले वीरमा रिफर गरेपछि उनी वीर अस्पताल पुगेकी थिइन् ।
वीरमा उपचारका क्रममा निधन भए पनि उनको कोरोना पुष्टि भने भइनसकेको अस्पतालले जनाएको छ ।


