२२ चैत्र २०८२, आईतवार / April 5, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
प्रेस विज्ञप्ति

कोरोनाविरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

banner

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गर्नुभएको छ ।
नेकपा एमालेका महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ तावोसँग खोप सहयोगका लागि आग्रह गर्नुभएको हो । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज आयोजित भिडियो बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गर्नुभएको हो ।
‘नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उहाँले भन्नुभयो– दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’ खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालले अपिल गरेको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले नेपाललाई ८ लाख डोज खोप सहयोग गरेकोमा चीनलाई धन्यवाद पनि दिनुभयो । उहाँले कोरोना महामारी लगत्तै नेपाल लगायत विश्वका बिभिन्न देशमा चीनले खेलेको भूमिका संसारकै लागि अनुकरणीय रहेको भन्दै प्रशंसा पनि गर्नुभयो । कोरोनाविरुद्वको सामूहिक र दृढतापूर्वक लडाईंले मात्र महामारी नियन्त्रण सम्भव रहेको उपप्रधानमन्त्री पोखरेलको विश्वास छ ।

ad

यो पनि पढौँ

ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा ऋण दिने

कोर्पोरट आवाज डट कम

संस्थागत सामाजिक उत्तरदायित्व

कोर्पोरट आवाज डट कम

लक्ष्मी बैंकको १३१औँैँ शाखा धनुषाको महेन्द्रनगर, क्षिरेश्वरनाथमा

कोर्पोरट आवाज डट कम