१७ आश्विन २०८०, बुधबार / October 4, 2023
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग मनोरन्जन समाचार

सरकारलाई प्रियङ्काको अनुरोध

banner

कोरोनाका कारण स्वास्थ्य सामाग्रीमा अभाव भएको छ l दिन प्रतीदिन अक्सिजन भेन्टिलेटरको कमीले गर्दा आम् मानिसले अकालमा ज्यान गुमाउन वाध्य बनेका छन् l यस् जटिल समयमा सरकारले यी कुरामा ध्यान दिएको देखिएको छैन र सुनिएको पनि छैन् l कोरोनाको समयमा जनतालाई कसरी बचाउने र कसरी नियन्त्रणमा ल्याउन सकिन्छ भनेर छलफलमा बस्नुको साटो आफ्नो कुर्सीलाई कसरी टिकाउन सकिन्छ भनेर सरकार समय खर्च गरेर बसेको छ l आफ्नो कुर्सीलाई बचाउन लाचार सरकार चुनावमा उत्रीनपनी तयार भइसक्यो l आँखै अगाडी कोरोनाले गरेको तान्डव देख्दा देख्दै पनि अहिलेको नाजुक घडीमा ४० अरब चुनावमा खर्च गर्ने सरकारले निर्णय गरेको छ l सरकारले गरेकोयस्तो निर्णय गर्दा जनताहरु आक्रोशित भएका छन् l सामाजिक सन्जालमा यस्को घोर बिरोध गर्दै अनेकौ प्रश्नगरेका छन् l यही निर्णयले गर्दा नायिका प्रियङ्का कार्की पनि आक्रोशित बनेकी छिन् l सामाजिक सन्जालमा आक्रोस पोख्दै देश जलिरहेको छ। जनताहरु मरिरहेका छन। आक्रोश फैलिएको छ। त्रास छ। डर छ।आफूले आफुसंग नजर मिलाउन सक्छौ ए सरकार? राति निंद्रा राम्रो लाग्छ l भनेर उनले सरकारलाई प्रश्न गरेकी छन् l प्रियङ्का लेख्छिन्- हाम्रो नेपाल सरकार प्रति बिनर्म अनुरोध!
 

आँखा खोलेर एक पटक नियालेर देशको स्तिथि हेरनूस! अहिलेको समयमा देश र जनतालाई चुनाव चाहिदैन! यो अहिले प्राथमिकतामा पर्देंन। यति सामान्य कुरा पनि देखि र बुझ्न नसकने? देश हाक्ने शक्ति, देशलाई प्रगति र उन्नतिको मार्गमा लाने र इमानदारी र जिम्मेवारीको साथ देश र जनताको सेवा र सुरक्षा गर्ने यो सरकारको दायित्व होईन र ?हजारौको दरले दैनिक कोरोना संक्रमितहरू बडिरहेका छन, अस्पतालमा ठाउँ छैन, वेंटिलेटर छैन, अक्सिजन छैन, जनताले VACCINE लाउन पाएको छैन, निशादेज्ञा चलिरहँदा जनताले दुइ छाक खान पाएका छैनन, हामी नेपाल जस्तो संस्था र आदर्श मिश्रा जस्तो नागरिकले देशको हालत र परिस्थितिमा सुधार ल्याउन दिन रात खटिरहेका छन जून काम खासमा यो सरकारको हो! यो सब देख्दा देख्दै पनि अहिलेको नाजुक घडीमा ४० अरब चुनावमा खर्च गर्ने? देश र जनतालाई साथै यही चाहिएको हो त यो समयमा? बुझ पचाएर बस्ने? अझै पनि आफूले आफुसंग नजर मिलाउन सक्छौ ए सरकार? राति निंद्रा राम्रो लाग्छ? तिम्रो देश जलिरहेको छ। जनताहरु मरिरहेका छन। आक्रोश फैलिएको छ। त्रास छ। डर छ। अहिलेको समय र परिस्थितिको प्राथमिकता बुझनुस! ४० अर्ब OXYGEN CYLINDERS, ICU WARDS, VENTILATORS, HEALTHCARE SYSTEM, FREE VACCINES FOR ALL मा खर्च गर्नुस! यो प्राथमिकतामा परे जनता खुशी पनि हुँथे, राहत पनि मिल्थ्तो। जनता रहे त देश रहनेछ नि होइन र ? चुनाव त बिस्तारी समय परिस्थिति ठीक भएपछि गरौंला नि! चुनावमा भोटको आशा गर्ने ए सरकार, भोट पाउने लायक काम गरेर त देखाऊनुस पहिले। 
बिनम्र अनुरोध।
– प्रियंका कार्की      

ad

यो पनि पढौँ

प्रदेशसभाको ‘अनियमितता’बारे अख्तियारले थाल्यो अनुसन्धान

कोर्पोरट आवाज डट कम

राष्ट्रिय वाणिज्य बैंककाे क्रेडिट कार्ड सेवा सुरु, ५ लाखसम्मको क्रेडिट लिमिट पाइने

कोर्पोरट आवाज डट कम

नेपाल–भारत सीमानजिक सलहको दुई समूह

कोर्पोरट आवाज डट कम