४ आश्विन २०८३, आईतवार / September 19, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग समाचार

धेरै समय चुप रहेका बामदेवको बल्ल फुट्यो बोलीः माधव नेपाललाई भने ‘महानायक’

banner

पछिल्लो समय देशमा राजनीतिक उथलपुथल भईरहेका बेला समेत प्रायः चुप रहेका नेकपा एमालेका नेता वामदेव गौतमले गणतन्त्र दिवसका अवसरमा मुख खोलेका छन् । प्रचण्ड र माधव नेपाललाई गणतन्त्र स्थापनाको युगान्तकारी संघर्षका महानायकको संज्ञा दिएका हुन् ।

१४ औं गणतन्त्र दिवसका अवसरमा गौतमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीको नाम नलिई तत्कालीन एमालेले गणतन्त्रको निर्णय गर्दा झापा संघर्षका मुख्य तीन नेता विरुद्धमा रहेको दावी गरेका छन् ।

गौतमले गणतन्त्र स्थापनाका तीन महानायकमध्ये गिरिजाप्रसाद कोइराला अहिले नरहेको र प्रचण्ड तथा माधव नेपाल नेपाली राजनीतिमा सक्रिय रहेको भन्दै ओलीलाई गणतन्त्रविरोधी कित्तामा राख्न खोजेका छन् ।

गौतमले भनेका छन्, ‘बिडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो।त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

गौतमले झापा संघर्षका मुखय तीन नेता भनेर ओली,सीपी मैनाली र राधाकृष्ण मैनालीलाई लक्षित गरेका हुन् ।

एमाले एकता अभियान सन्चालन गरिरहेका गौतम पछिल्लो समय ओलीसँग रुष्ट छन् । उनले झलनाथ र माधव नेपालले अर्को पार्टी दर्ता गरेमा आफू त्यसमा सामेल हुने बताएका छन् ।

ad

यो पनि पढौँ

निषेधाज्ञा खुकुलो भएकै दिन उपत्यकामा कोभिड संक्रमण बढ्यो

कोर्पोरट आवाज डट कम

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

कोर्पोरट आवाज डट कम

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध

कोर्पोरट आवाज डट कम