२२ चैत्र २०८२, आईतवार / April 4, 2026
www.corporateaawaj.com  |   कोर्पोरट आवाज डट कम
ट्रेंडिंग फिचर समाचार स्वास्थ्य

चार युवाको सराहनीय काम

banner

भक्तपुर – विश्वव्यापी रुपमा फैलिँदो कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारमा स्वयं चिकित्सक नै डराइरहेका बेला भक्तपुरमा चार युवाको समूह भने सम्भावित संक्रमितलाई उद्धार तथा सहयोग गर्न स्वतःस्फूर्त रुपमा खटिएको छ। भक्तपुर नगरपालिकाका अरुण सैंजू, राजेश गाइजू, न्हुज किजू र दीप थकू यो काममा दिनरात नभनी खटिइरहेका छन्। उनीहरु भक्तपुर अस्पताल परिसरमै त्रिपाल टाँगेर २४सै घण्टा त्यहीं बस्ने गरेका छन्।

भक्तपुर अस्पताल, नेपाल प्रहरी र नेपाली सेनाको सहकार्यमा आफूहरु कोरोना भाइरसका सम्भावित संक्रमितको सहयोगमा खटिएको अरुणले बताए। सम्भावित व्यक्तिको घरसम्म पुगेर उनीहरुलाई अस्पताल पु¥याउने, यात्रा विवरण बटुल्ने, परीक्षणका लागि उनीहरुको स्वाब प्रयोगशालासम्म पु-याइदिने काम गरिरहेको उनले जानकारी दिए।

चारजना साथीबीच कार्यविभाजन गरी काम भइरहेको बताए। आफू र राजेश फिल्डमा खटिने, न्हुज र दीप बिरामीको स्वाब परीक्षणका लागि काठमाडौंको टेकु दौडिने गरेको उनले जानकारी दिए। अहिलेसम्म उनीहरुले १७ जनाको नमुना प्रयोगशालासम्म पु-याएका छन्। तीमध्ये ११ जनाको रिपोर्ट आएको र सबै नेगेटिभ रहेको उनीहरुले जानकारी दिए। ६ जनाको रिपोर्ट आउन बाँकी छ।

आफूहरु बिनास्वार्थ स्वतःस्फुर्त रुपमा बिरामीको सहयोगका लागि जुटेको उनले सुनाए। आफूहरुको समूहमा अन्य स्वयंसेवक पनि थपिन लागेको उनले बताए। ‘सोमबारदेखि पुनम कर्माचार्यजी पनि आउँछु भन्नुभएको छ। उहाँचाहिं भक्तपुर अस्पतालमा परिसरमै बसेर टोलीको कम्युनिकेसन संयोजनको काम गर्नुहुनेछ। साथै डा. प्रज्वल धौबन्जार पनि सामेल हुनुहुन्छ’, उनले भने। उनीहरु सरकारबाट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर स्वयंसेवामा खटिएका छन्।

उनीहरुले भक्तपुर अस्पताल परिसरमा तीनवटा टेन्ट बनाएका छन्। तीमध्ये एउटा आफूहरु बस्ने, अर्काेमा स्वदेशमै रहेका सम्भावित संक्रमितलाई उपचारका लागि राख्ने र तेस्रोमा विदेशबाट फर्केका सम्भावित संक्रमितलाई राख्ने तयारी उनीहरुको छ। उद्धारकर्मी अरुणको यो समूह पहिला पनि उद्धारमा स्वतःस्फूर्त रुपमा खटिँदै आएको थियो। २०७२ सालको महाभूकम्पमा पनि यो समूह उद्धारमा खटिएको थियो।

ad

यो पनि पढौँ

अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनासँग जुध्न नेपालसहित २५ सदस्य देशलाई ५० करोड डलर सहयोग गर्ने

कोर्पोरट आवाज डट कम

एकैदिन ९७ अंकले बढ्यो नेप्से, ५ कम्पनीको सेयर मूल्यमा सर्किट, मञ्जुश्रीको उच्च कारोबार

कोर्पोरट आवाज डट कम

बैंकहरुको बेस रेट कोभिड अघिको भन्दा माथि

कोर्पोरट आवाज डट कम

Leave a Comment